भौगोलिक रुपमा चितवन जिल्ला नेपालकोे दक्षिणी भागमा अवस्थित राजधानीसंग जोड्ने राजमार्ग र पूर्व—पश्चिम राजमार्गको संगमस्थलको रूपमा रहेको तथा नारायणी नदीको पूर्वी भागमा भित्री मधेश र राप्ती उपत्यकाको नामले परिचित जिल्ला हो । तराईको भावर प्रदेशदेखि महाभारत पर्वतसम्म फैलिएको यस जिल्लााको पूर्वमा मकवानपुर र पर्सा पश्चिममा नवलपरासी र तनहुं, उत्तरमा धादिङ र गोरखा तथा दक्षिणमा भारतको विहार राज्य पर्दछ । चितवन राष्ट्रिय निकुञ्ज, तालहरू, नदी, गढी रहेको यस जिल्ला सामाजिक, आर्थिक, भौतिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्ला हो । अन्य जिल्लाको तुलनामा सडक, यातायात, सञ्चार, विद्युत, जनस्वास्थ्य, शिक्षा जस्ता क्षेत्रहरुमा चितवन अगाडी रहेता पनी जिल्लाको पूर्वी भाग तुलात्मकरुपमा विकासको गतिमा पछाडी परेको छ ।
यसै सन्र्दभमा पूर्वी चितवनको राजमार्गवाट उत्तर तर्फको क्षेत्रमा कुनै पनि भरपर्दो आर्थिक कारोवार गर्ने वित्तीय संस्थाहरु नभएको चुनौतिपूर्ण तत्कालिन अवस्थालाई अवसरको रुपमा लिँदै यस क्षेत्रमा रहनु भएका सामाजिक तथा राजनैतिक रुपमा सचेत अगुवा ब्यक्तित्वहरुको अग्रसरतामा मिति २०६५ वैैसाख १२ गते तत्कालिन जुटपानी गाविस वार्ड नम्वर–६, खोलेसिमलमा ७५ जना शेयर सदस्य र ७ लाख ५० हजार शेयर पूँजी वाट सुरक्षीत साकोसको स्थापना भएको हो । यस क्षेत्रको एउटा अग्रणी आर्थिक कारोवार गर्ने नमूना सहकारीको रुपमा विकासीत यस संस्था सदस्यहरुको गुणस्तरीय जिवन यापनमा योगदान पुर्याउदै सुरक्षित साकोस भनेर गर्व गर्न लायक संस्था भएको छ ।
संस्था स्थापना देखी हाल सम्म आउने क्रममा विभिन्न उतार चढावहरु आएता पनी जस्तो सुकै परिस्थितिमा पनि शेयर सदस्यहरुको साथ र सहयोगबाट आफ्ना नियमित गतिविधीहरुलाई सामान्यीकरण गर्दै अगाडि बढिरहेका छौं । हामीलाई विश्वास छ, सहकारी मार्फत हामी आफ्नो वित्तीय आवश्यकताहरु परिपूर्ति गर्दै सामाजिक रुपान्तरण र दिगो विकासको क्षेत्रमा नेपालको अग्रणी सहकारीको रुपमा स्थापित हुनेछौं ।
लक्ष्य र उद्देश्य
सुरक्षित साकोसको साथमा समृद्ध भविष्य
बचत तथा ऋणको समुचित परिचालन एवं प्रविधि युक्त उत्कृष्ठ वित्तीय सेवाको माध्यामबाट सदस्यहरुलाई व्यावसायीक रुपमा सफल, आर्थिक रुपमा सवल, सक्षम र आत्मनिर्भर तथा सामाजिक रुपमा प्रतिष्ठित बनाई जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउने ।
िसंस्थाले आगामी पाँच बर्षको लागि तय गरेको दिर्घकालिन लक्ष्यहरु निम्नानुसार छन ।
१) नीति, विधि र शुसासन युक्त सुरक्षित ।
२) प्रविधि युक्त र गुणस्तरिय सेवा सुरक्षितको ।
३) व्यावसायीक तथा वित्तिय सल्लाहकार तथा सहयोगी सुरक्षित ।
४) पूजिँ तथा कारोवारमा बृद्धि ।
५) भौतिक पूर्वाधारको विकास ।
६) समुदायमा स्थापित सुरक्षित ।
७) सुख दुखःको साथी सुरक्षित ।
८) स्मार्ट जनशक्तिको विकास ।
९) हाम्रो राम्रो, पारदर्शी, सवल र ब्राण्डेड सुरक्षित ।
१०)सहकारी अभियानमा आवद्ध सुरक्षित ।
११)शेयर सदस्यलाई उच्चतम प्रतिफल दिने सुरक्षित ।